चितवन । मेडिकल स्टकिष्ट क्लब अफ चितवन (मेस्कन)को अध्यक्षमा विज्ञान पौडेल चयन भएका छन् । क्लबको गत शनिवार सम्पन्न १८औं वार्षिक साधारण तथा आठौं अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रकाश गुरुङ, महासचिवमा नारायण पौडेल, सचिवमा दिपक अधिकारी, कोषाध्यक्षमा निर्मला थापा मगर, सहकोषाध्यक्षमा लेखनाथ कँडेल चयन भएका छन् । यस्तै सदस्यहरूमा वैकुण्ठ शर्मा, रामकृष्ण दवाडी, राजकुमार श्रेष्ठ रहेका छन् । चितवनमा थोक औषधिको व्यवसाय गर्ने व्यवसायीको संख्या ८० को हाराहारीमा छ ।