काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज एकैदिन प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । यसअघि गत मंसिर १८ मा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८५ डलरमा कारोबार हुँदैछ ।