ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य बढ्यो, के छ आज अन्य मुद्राको विनिमय दर ?

२०८० पुस, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार अमेरिकी डलरको विनिमय दर बढाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०६ पैसा र विक्री दर १३३ रुपैयाँ ६६ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८२ पैसा र विक्री दर १३३ रुपैयाँ ४२ पैसा कायम भएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियान र क्यानेडियन डलरको मूल्य पनि बढेको छ । आज १ अष्ट्रेलियाली डलरको खरीद दर ९१ रुपैयाँ ०१ पैसा र विक्री दर ९१ रुपैयाँ ४२ पैसा कायम भएको छ । अघिल्लो दिन १ अष्ट्रेलियान डलरको खरीद दर ९० रुपैयाँ ४१ पैसा र विक्री दर ९० रुपैयाँ ८२ पैसा रहेको थियो ।

त्यसैगरी, आज १ क्यानेडियन डलरको खरीद दर १०० रुपैयाँ ८१ पैसा र विक्री दर १०१ रुपैयाँ २७ पैसा कायम भएको छ । अघिल्लो दिन १ क्यानेडियन डलरको खरीद दर १०० रुपैयाँ २३ पैसा र विक्री दर १०० रुपैयाँ ६८ पैसा कायम भएको थियो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)