काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) अमेरिकी डलरको विनिमय दर घटेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ७७ पैसा र विक्री दर १३३ रुपैयाँ ३७ पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३३ रुपैयाँ ०६ पैसा र विक्री दर १३३ रुपैयाँ ६६ पैसा कायम भएको थियो ।
त्यसैगरी, आज अष्ट्रेलियान र क्यानेडियन डलरको मूल्य पनि घटेको छ । आज १ अष्ट्रेलियान डलरको खरीद दर ९० रुपैयाँ ७६ पैसा र विक्री दर ९१ रुपैयाँ १७ पैसा कायम भएको छ । अघिल्लो दिन १ अष्ट्रेलियान डलरको खरीद दर ९१ रुपैयाँ ०१ पैसा र विक्री दर ९१ रुपैयाँ ४२ पैसा थियो ।
त्यसैगरी, आज १ क्यानेडियन डलरको खरीद दर १०० रुपैयाँ ४५ पैसा र विक्री दर १०० रुपैयाँ ९० पैसा कायम भएको छ । अघिल्लो दिन १ क्यानेडियन डलरको खरीद दर १०० रुपैयाँ ८१ पैसा र विक्री दर १०१ रुपैयाँ २७ पैसा कायम भएको थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?