काठमाडौं। दुई पांग्रे सवारीसाधन रेजेडआर हाइब्रिड १२५ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्याकहरू उपलब्ध गराएको छ । यो सहयोगले सुरक्षाको प्राथमिकता र खेलाडी तथा दर्शकको सुविधा बढाउने कम्पनीको अपेक्षा छ । यसले रंगशालामा पुग्ने फुटबलप्रेमीहरूलाई हेल्मेट राख्न सुरक्षित र पहुँचयोग्य ठाउँको सुनिश्चितता प्रदान गर्न यो सहयोग गरेको बताइएको छ । नेपाली खेलकुद र विशेषगरी फुटबललाई समर्थन गर्ने लामो इतिहास बोकेको यामाहा ए डिभिजन लिगमा समेत कम्पनी सक्रिय रूपमा संलग्न रहेको बताइएको छ । यामाहाको एमएडब्ल्यू टु ह्वीलर डिभिजनका अधिकारीहरूले हेल्मेट र्याकको स्थापनाले दर्शकमाझ फुटबलको रोमाञ्च अझै बढ्ने बताए ।