काठमाडौं। ग्राहकका विभिन्न आवश्यकता पूरा गर्न सामसङले ग्यालेक्सी ए२५ फाइभजीका सुविधा सम्पन्न स्मार्टफोन ल्याएको बताएको छ । यो स्मार्टफोनले फूल एचडी प्लस रिजोलुसन र भिजन बुस्टरका साथ ६ दशमलव ५ इन्चको सतहयुक्त सुपर अमोल्ड स्क्रिन प्रदान गर्ने बताइएको छ । यसकोे अगाडिपट्टि १३ एमपीको सेल्फी क्यामेरा जडित छ भने पछाडि ओआईएस र भीडीआईएसयुक्त ५० एमपीको मुख्य क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा ५ हजार एमएएचको ब्याट्रीका साथमा ८ जीबी र्याम र १२८/२५६ आन्तरिक स्टोरेजमा उपलब्ध रहेको बताइएको छ । यसमा माइक्रो एसडी कार्डको प्रयोग गरी थप १ टीबीसम्म स्टोरेज क्षमता बढाउन सकिने कम्पनीको भनाइ छ । यो फोन गाढा नीलो, नीलो र पहेँलो गरी ३ रङमा पाइने कम्पनीको भनाइ छ । हाल ८/१२८ जीबीको ४० हजार ९९९ र ८/२५६ जीबीको लागि ४४ हजार ९९९ रुपैयाँ बजार मूल्य कायम गरेको बताइएको छ ।