काठमाडौं । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकहरूका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरीद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो अटोमोबाइल्सले जनाएको हो ।
बम्पर योजनाअन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु हुने दिन (पुस १५ गते राति १२ बजे) देखि ३० दिनसम्म सो अटोमोबाइल्समार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरीद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरीदको लागि २ हजार २४ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले जानकारी दिए । उनका अनुसार यस्तो सुविधा र उपहार प्राप्त गर्न खरीदकर्ताले तोकिएको समयभित्र प्रत्यक्षरूपमा अटोमोबाइल्सको सोरुम तथा विक्री कार्यालयमा उपस्थित भएर वा कुनै पनि डिजिटल भुक्तानीमार्फत गाडी बुकिङ गरेको हुनुपर्ने छ । कम्तिमा २५ हजार रकम बुझाएर गाडी बुकिङ गर्ने ग्राहक यस्तो उपहार र सुविधाको हकदार हुनेछन् ।