काठमाडौं। लक्ष्मी क्यापिटल कोष प्रवद्र्धक रहेको लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुरुआत गरेको छ । कम्पनी लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष रहेको बताइएको छ । कोषको आकार १ अर्बको रहेको छ । यो कोषले जलविद्युत्, सौर्य, वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्ने बताइएको छ । युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।