ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इजरायल–गाजा युद्ध : लेबनानको बेरुतमा मारिए हमासका उपप्रमुख सालेह अल–अरुरी

२०८० पुस, १८  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
लेबनानको राजधानी बेरुतकाे हमलामा मारिएका हमासका उपप्रमुख सालेह अल–अरुरी (बायाँ) । तस्वीर : रोयटर्स ।
author avatar अभियान संवाददाता

बेरुत (लेबनान) । लेबनानको राजधानी बेरुतमा भएको एक हमलामा आतंकवादी संगठन हमासका उपप्रमुख सालेह अल-अरुरी मारिएका छन् । 

लेबनानको मिडिया रिपोर्टका अनुसार बेरुतको दक्षिण क्षेत्रमा भएको ड्रोन हमलामा हमासका उपप्रमुख ५७ वर्षीय अल-अरुरी मारिएका हुन् । उनी गत वर्षको अक्टुवर ७ यताको इजरायल–गाजा युद्धमा मारिने हमासका सबैभन्दा ठूला नेता हुन् । उनी अर्काे आतंकवादी संगठन हिज्बुल्लाहसँग हमासको सम्बन्ध बनाइराख्न लेबनानमा रहेका थिए ।

घटनामा उपप्रमुख अल-अरुरीसँगै अन्य ६ जनाको पनि मृत्यु भएको हो, जसमा दुई जना हमासका सैन्य कमाण्डर छन् भने अन्य चार जना हमासका सदस्य छन् । उक्त घटनाको हमासले कडा आलोचना गरेको छ । 

लेबनानले उक्त घटनामा जिम्मेवार मानिसलाई सजाय दिने बताएको छ । त्यहाँका प्रधानमन्त्रीले भनेका छन्, ‘यो युद्धमा...लेबनानलाई पनि तान्न खोजिँदैछ ।’

इजरायलले भने हमासको उपप्रमुख मृत्युको घटनामा लेबनानमाथि हमला नभएको प्रतिक्रिया दिएको छ । 

इजरायली सरकारका एक प्रवक्ताले मार्क रेगेवले यो घटनामा इजरायलको हात रहेको पुष्टि गरेका छन् । उनले एक टेलिभिजन च्यानलमा भनेका छन्, ‘...यो घटना लेबनानमाथिको हमला भने होइन । यो आतंकवादी संगठन हिज्बुल्लाहमाथिको हमला पनि होइन ।’

‘जसले यो घटना घटाए । उसले हमासको नेतृत्वविरुद्ध सर्जिकल स्ट्राइस गरे । जसले यो गरे उसलाई हमासविरुद्ध गुनासो थियो, यो एकदम स्पष्ट छ,’ उनले भनेका छन् ।

गत वर्ष अक्टुवर ७ मा आतंकी संगठन हमासले गाजापट्टीबाट इजरायलमाथि हमला गरेको थियो । संगठनका लडाकुले इजरायली सीमा क्षेत्रमा घुसेर कयौं गाउँमा हमला गरेका थिए । उक्त हमलामा करीब १२ सय इजरायलीको मृत्यु भएको थियो भने करीब २४० जनालाई हमासले बन्धक बनाएर लगेका थिए । 

त्यसपछि इजरायलले जवाफी कारबाही शुरु गरेको थियो । उसले हमासलाई जडबाट खत्तम नगरेसम्म युद्ध नसकिने बताएको छ । 

हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टुवर ७ यता २२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा बच्चा र महिला अधिक छन् । 

इजरायल–गाजा युद्धका क्रममा लेबनान र इजरायलको सीमा जोडिएको क्षेत्रबाट हिजबुल्लाहले इजरायली सेनामाथि कयौं रकेट प्रहार गरेको थियो । बीबीसी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)