ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यौन अपराधी एपस्टाइनसँग राजकुमार एन्ड्रयुदेखि अमेरिकी पूर्वराष्ट्रपतिहरूसम्मको सम्बन्धको खुलासा !

२०८० पुस, १९  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित अदालतले यौन अपराधी जेफरी एपस्टाइनसँग राजकुमार एन्ड्रयुदेखि अमेरिकी पूर्वराष्ट्रपतिहरूसम्मको सम्बन्ध रहेको खुलासा भएको छ । 

अदालतले एपस्टाइनका सहयोगी, मित्र वा पीडित गरी १०० जनाभन्दा बढी व्यक्तिसँगको सम्बन्धित कागजातहरू सार्वजनिक गरिनुपर्ने आदेश दिएपछि यस्तो खुलासा भएको हो, जसमा पूर्वराष्ट्रपतिहरूमा बिल क्लिन्टन र डोनाल्ड ट्रम्प छन् ।

न्यायाधीश लोरेटा प्रेस्काले गत डिसेम्बर १८ मा उक्त आदेश गरेकी थिइन् । 

एपस्टाइनको सन् २०१९ मा जेलमा मृत्यु भएको थियो । उनीसँगको सम्बन्धबारे खुलासा भएपछि प्रतिक्रियाका लागि सम्पर्क गर्दा पूर्वराष्ट्रपति क्लिन्टनका प्रतिनिधिले सन् २०१९ मा क्लिन्टनले जारी गरेको एक बयानको हवाला दिँदै एपस्टाइनको अपराधबारे आफूलाई ‘केही थाहा नभएको’ बताएका थिए।

अदालतले नाम उल्लेख गरेकाहरू कुनै न कुनै गलत काममा रहेको आरोप लगाइएको छ । न्यायाधीश लोरेटा प्रेस्काले ती फाइल सार्वजनिक गर्ने आदेश दिँदै भनिन्, ‘नाम उल्लेख गरिएकामध्ये धेरैलाई पहिचान गरिसकिएको छ ।’

नाम उल्लेख गरिएकामध्ये धेरैले कागजात सार्वजनिक गर्दा आपत्ति नजनाएको उनले बताएकी छन् । 

एपस्टाइनसँग नाम जोडिएकामध्ये राजकुमार एन्ड्रयु विभिन्न यौन अपराधमा मुछिएका छन् । सन् २००१ मा एपस्टाइनको म्यानह्याटन अपार्टमेन्टभित्र सोफामा बस्दा राजकुमार एन्ड्रयुले आफ्नो वक्षस्थलमा हात राखेको जोहाना स्जोबर्गले दाबी गरेकी थिइन् । भर्जिनिया गिउफ्रे र एक कठपुतलीसँग फोटो खिचाउन आफ्नो वक्षस्थलमा हात राखेको स्जोबर्गको आरोप थियो । तर, बकिङ्घम प्यालेसले उक्त आरोप झुटो भएको दाबी गरेको थियो । 

सन् २०२२ मा  १७ वर्षीया भर्जिनिया गिउफ्रेले बेलायती राजपरिवारमाथि यौन दुर्व्यवहारको मुद्दा नै दायर गरिन् । उक्त मुद्दा मिलाउन राजपरिवारले लाखौं रकम तिरेको थियो । राजकुमार एन्ड्रयुले भने आफूले गिउफ्रेलाई कहिल्यै नभेटेको बताएका छन् । 

पूर्वराष्ट्रपति क्लिन्टन महिला मामिलामा 'कच्चा' देखिएको एपस्टाइनको बयानले प्रष्ट्याउँछ । अदालतका अनुसार एपस्टाइनले एकपटक बयानमा पूर्वराष्ट्रपति क्लिन्टन जवान केटीहरूलाई मनपराउने बताएका थिए । एपस्टाइनको उक्त बयानलाई क्लिन्टनको प्रेम सम्बन्धले पनि 'सही' रहेको देखाउँछ । क्लिन्टनले अमेरिकी राष्ट्रपति हुँदा ह्वाइट हाउसकी २२ वर्षीया प्रशिक्षार्थीसँग प्रेम सम्बन्ध राखेका थिए । एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)