ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुस तथा युक्रेनको श्रम स्वीकृति बन्द

२०८० पुस, २०  
समाचार अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सरकारले रसिया र युक्रेनको रोजगारीमा जानेलाई दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । बिहीवार वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनको जारी युद्धका लागि नेपाली नागरिक खासगरी रुसी सेनामा भर्ना भइरहेको पाइएपछि ती दुवै देशमा श्रम स्वीकृति दिन बन्द गरिएको बताएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले यी दुई देशमा दिँदै आएको संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति अर्को निर्णय नहुँदासम्मलाई बन्द गरिएको बताए । ‘रुसी सेनामा भर्ना भएर नेपालीहरूको मृत्यु भएको खबर आइरहेको छ,’ उनले भने, ‘त्यसैले यस विषयमा थप क्षति नहोस् भनेर तथा अध्ययन तथा छानबिन पनि भइरहेकाले अहिलेलाई श्रम स्वीकृति रोकेका हौं ।’ यसअघि नै रुसी सेनामा भर्ना भएका १० नेपाली युवाको मृत्यु भइसकेको छ भने चारजना नेपाली अझै युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

अहिलेसम्म रुसी सेनामा कति नेपाली छन् भन्ने एकीन नभए पनि विभिन्न स्रोतहरूले झन्डै ५०० नेपाली रुसी सेनामा रहेको अनुमान गरेका छन् । रुसी सेनामा जानेमध्ये कतिपयले नेपालको र केहीले भारतीय विमानस्थल प्रयोग गर्ने गरेको पाइएको छ । यद्यपि नेपालको कानून अनुसार नेपाली युवा रुसको सेनामा भर्ना हुन भने पाइँदैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको छ । यससँगै जोखिमपूर्ण कामका लागि समेत नेपाली युवा प्रयोग हुन थालेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)