काडमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट आर्थिक वर्ष (आव) २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । त्यस्तै आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत् कम्पनीमा नै राखी) अन्य सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १४ दशमलव २५ प्रतिशतका दरले हुन आउने ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश सहित कूल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।