काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा कोहलपुरस्थित होटल ट्रीटप ह्याभेनमा पुस २८ गते सम्पन्न भएको हो ।
कम्पनीकी अध्यक्ष शान्ति देवी ढकालको अध्यक्षतामा सम्पन्न सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/ ८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
साथै सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट भगवती रेग्मी र निशा वाग्लेलाई निर्विरोध निर्वाचितसमेत गरेको छ ।