ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय वाणिज्य बैंकको ५.५० प्रतिशत नगद लाभांश पारित

२०८० माघ, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले ५ दशमलव ५० प्रतिशत नगद लाभांशसहितको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

सभामा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले बैंकले आफ्ना सेवा सुविधामा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाको प्रवाह गर्दै आएको बताए ।

सभामा बैंकका शेयरधनीहरू क्रमश: नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।

अध्यक्ष ढुंगानाले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाव सहितको धारणा राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे अध्यक्ष ढुंगानाले जवाफ दिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)