ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व, अध्यक्षमा पाठक 

२०८० माघ, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा खेमबहादुर पाठक चयन भएका छन् । भक्तपुरमा सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाबाट पाठक अध्यक्षमा चयन भएका हुन् । नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएकामा पहिलो बैठकले पाठकलाई संस्थाको अध्यक्ष चयन गरेको हो । संस्थाको सञ्चालकमा डा. बाबुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भीमप्रसाद पन्त निर्वाचित भएका हुन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने बताइएको छ ।

ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरू र समान प्रकृतिका संस्थामार्फत थोककर्जा प्रदायक संस्थाका रूपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड गत असार २४ गते मर्ज भएका थिए । संस्थाको चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०४ रुपैयाँ पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)