ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रशिक्षण कार्यक्रम सम्पन्न 

२०८० माघ, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीको पेशागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको लुम्बिनी प्रदेशस्थित बुटवलमा शुक्रवार र शनिवार आयोजना गरिएको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीको उपस्थिति थियो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशिकाको कार्यान्वयन गर्दै कर्मचारीको क्षमता अभिवृद्धि गर्ने काम नियमित रूपमा गर्दै आएको बताएको छ । प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराइटिङ, दाबी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका विषयमा अन्तरक्रियात्मक प्रस्तुतीकरण दिइएको थियो । प्रशिक्षण कम्पनीका सहायक महाप्रबन्धकद्वय कविराज पौडेल तथा सुभाष दीक्षितले दिएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)