ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन रिइन्स्योरेन्सका आईपीओधनी २९१ रुपैयाँभन्दा बढी नाफामा 

२०८० माघ, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ खरीद गरेका लगानीकर्तालाई पाँच कारोबार दिनमा नै २९१ रुपैयाँ नाफा भएको छ । पुस २३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको हालसम्म पाँच दिन शेयर कारोबार भएको छ ।

कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा भएको थियो । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तोकेको अधिकतम मूल्य रेञ्जमै कम्पनीको पहिलो शेयर कारोबार भएको हो ।

पहिलो कारोबार दिनदेखि नै कम्पनीको शेयर मूल्य आईपीओ मूल्यभन्दा माथि रहेको थियो । पाँचौं कारोबार दिनसम्म आइपुग्दा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ८० पैसा कायम भएको छ ।

कम्पनीको आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा खरीद गरेका लगानीकर्ता यतिबेला उत्साहित बनेका छन् । पहिलो कारोबार दिनदेखि नै उच्च खरीद मागका कारण कम्पनीको शेयर मूल्य निरन्तर बढ्दो क्रममा नै रहेको देखिन्छ ।

आईपीओ १० कित्ता हात पर्न भाग्य भरोसा रहनुपर्ने अवस्थामा कम्पनीको आईपीओ भने ४० कित्तासम्म बाँडफाँट भएको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ विक्री गरेको हो । तोकिएको अवधिभित्र १५ लाख ७३ हजारभन्दा बढीले आवेदन दिएका थिए । 

कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणको भागमा परेको हो ।

अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम भएको छ । हाल संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)