ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रिमियम मूल्यसहित एफपीओ जारी गर्न हिमालयन बैंकलाई बाटो खुल्यो

२०८० माघ, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई प्रिमियम मूल्यसमेत थप गरी थप सार्वजनिक निष्कासन (एफपीओ) को बाटो खुला भएको छ । बैंकले पुस २९ गते ३१औं वार्षिक साधारण सभा गरी एफपीओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको हो । 

बैंकले कुल शेयर पूँजीमा सर्वसाधारणतर्फको अनुपात ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको बताएको छ । हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ छ । सोही पूँजीको २ दशमलव ९९ प्रतिशत एफपीओ बैंकले प्रिमियममा विक्री गर्ने तयारी गरेको हो ।

हाल धितोपत्र दोस्रो बजारमा बैंकको शेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारले केही गति लिई अघि बढेको अवस्था छ । बढ्दो बजारमा कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने हुँदा सार्वजनिक निष्कासनका धितोपत्र खरीदमा पनि बढी नै आकर्षण देखिन्छ । 

लगानीकर्ताले धितोपत्रमा पनि विविधता खोजिरहेको अवस्थामा हिमालयन बैंकको एफपीओलाई सकारात्मक रूपमा लिने देखिन्छ । खराब कम्पनीहरूलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको गुनासो आइरहेको अवस्थामा हिमालयन बैंकको एफपीओलाई नियामकले कुन रूपमा हेर्लान् त्यो भने आम चासोको विषय छ । यस वर्ष लगानीकर्ताको हात खाली बनाएको बैंकले विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको थियो । गत वर्ष भने बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बैंकको ३१औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट प्रचण्ड बहादुर श्रेष्ठसँगै फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा, प्रताप जंग पाण्डे र सर्वसाधारण शेयरनीको तर्फबाट आशिष शर्मालाई निर्विरोध निर्वाचित गरेको थियो ।

निर्वाचित सञ्चालक समितिको साधारण सभा सम्पन्न भएकै दिन बसेको बैठकले प्रचण्ड बहादुर श्रेष्ठलाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)