ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
मधेश प्रदेशमा सातौं कृषि गणना शुरू
NA
जनकपुर । धनुषासहित मधेश प्रदेशका जिल्लाहरूमा मंगलवारदेखि सातौं कृषि गणना शुरू भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी शुरू भएको कृषि गणना आगामी जेठ १९ सम्म चल्नेछ । कृषि गणनाका लागि धनुषामा ३४ सुपरिवेक्षक तथा १३३ गणक गरी १६७ जना कर्मचारी परिचालन गरिएको मधेश प्रदेश कृषि गणन...

रासायनिक मलको अभावले प्राङ्गारिक खेतीको आकर्षण बढ्दो
NA
महोत्तरी । पछिल्लो समय महोत्तरीका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । खेती गर्ने समयमा जहिल्यै रासायनिक मलको अभाव हुन थालेपछि यहाँका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ किसानले खेती लाउने समयमा जहिल्यै मल, बीउ र कीरा नियन्त्रण गर्ने विषादीको अभाव झेल्ने गरेका छन् । खे...

खुत्रुके बचतमा बालबालिकाको आकर्षण
NA
रौतहट । चन्द्रनिगाहपुर हाट बजारबाट गत शुक्रवार राजन जैसवालले खुत्रुके किनेर ल्याए । माटोबाट बनेका दुईओटा खुत्रुके किनेर एउटा आफै र अर्को बहिनीलाई दिएको उनले बताए । जनज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत राजनले दैनिक १० देखि १०० रुपैयाँसम्म खुत्रुकेमा बचत गर्दै आएका छन् ।  बचत गरेको...

रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा
NA
वैशाख ४, रौतहट । स्थानीय तह निर्वाचन आचारसंहिता लागू भइसकेकाले जनप्रतिनिधिले लिदै आएको सवारी सुविधा फिर्ता गर्न थालेका छन् ।  रौतहटका पाँच स्थानीय तहका जनप्रतिनिधिले लिदै आएको सवारी साधनको सुविधा फिर्ता गरीसकेका छन् । गौर, चन्द्रपुर, गढिमाई बोधीमाई र राजपुर नगरपालिकाका जनप्रतिनिधिले सरकारी स...

रुख कटानको विवादले रेल मार्गको काम फेरि अवरुद्ध
NA
वैशाख ३, रौतहट । रुख कटानको विवादले मेची–महाकाली विद्युतीय रेल मार्ग (ट्रयाक) को काम फेरि अवरुद्ध भएको छ ।  रूख कटान गर्ने बिषयमा वन उपभोक्ता समूह र रेल्वे कार्यालय बीच विवाद हुँदा राष्ट्रिय गौरवको आयोजनाको काम अवरुद्ध भएको हो । उपभोक्ता समूहले भने आफैंले रूख काट्न पाउनुपर्ने माग राखेको छ ।...

निम्बस ग्रूपका अध्यक्ष जगदीशप्रसाद अग्रवाल सम्मानित 
NA
वैशाख ३, वीरगञ्ज  । निम्बस ग्रूपका अध्यक्ष एवम् विश्लेषक जगदीशप्रसाद अग्रवाल राजबहादुर चिपालु मेमोरियल अवार्डद्वारा सम्मानित भएका छन् ।  नेपाल चेम्बर अफ कमर्सले अग्रवाललाई सो सम्मान प्रदान गरेको हो । चेम्बरको ७१ औं वार्षिक साधारण सभाको अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले अग्रवाललाई...

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था
NA
वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । निर्वाचनमा...

जनकपुरधाममा २ सय शय्याको क्यान्सर अस्पताल बन्ने
NA
धनुषा । जनकपुरधाममा विनयतारा फाउण्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी)ले २ सय शत्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । जनकपुरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका)सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी)ले अत्याधुनिक क्यान्सर अस्पताल निर...

वीरगञ्ज भन्सारबाट इन्धन आयातमा वृद्धि, ८ महीनामा ५६ अर्ब ७० करोड बराबरको आयात
NA
चैत २८, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ ।  देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महीनाका तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रू. ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रू. १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आ...

५ लाख घूससहित मालपोत कार्यालय धनुषाका प्रमुख पक्राउ
NA
चैत २८, जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई सोमवार बिहान पक्राउ गरेको छ ।  आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घूसवापत सेवाग्रहीसँग...