रौतहट । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगमा अखाद्य वस्तु पाइएपछि नष्ट गरिएको छ । साथै सो उद्योगमा प्रहरीले सिलबन्दी पनि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले डेरी उद्योगमा अनुगमन गर्दा अखाद्य वस्तु फेला परेको हो । डेरी उद्यो...
जनकपरधाम । मधेश सरकार गठन भएको दुई हप्तापछि मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले शुक्रवार ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा वाणिज्यमन्त्रीमा जनमत पार्टीका महेशप्रसाद यादव, सामाजिक विकासमन्त्रीमा जसपाकी सुरिता साह...
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–३, ४ र ५ स्थित लखनदेही नदी किनारको नदी उकास जमीनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारीखेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
कोरोना संक्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमीनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारीखेती गरी बगरलाई...
रौतहट । जयनगरमा फर्निचर मेला लागेको छ । हरेक वर्ष श्रीपञ्चमीको अवसरमा लाग्ने मेलामा काठबाट बनेका विभिन्न फर्निचरको प्रदर्शनी गरिँदै आएको छ । माघ १२ गतेदेखि लागेको मेला १ महीनासम्म चल्ने आयोजकले जानकारी दिएको छ । आयोजक नेपाल विश्वकर्मा बजार समिति जयनगरले मेलामा फर्निचर हेर्न र खरीद गर्न सक्ने बताएको...
धनुषा । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
सत्ता साझेदार दलहरूबीच कसले कुन मन्त्रालय पाउने विषयमा सहमति हुन नसक्दा सरकार विस्तारमा समस्या देखिएको छ...
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा गरेको छ । नगरपालिकाले गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको बजेट समीक्षा गरेको हो ।
समीक्षाअनुसार नगरपालिकाले सञ्चालन गरेको आयोजनाहरूको भौतिक प्रगति ५३ दशमलव ९ प्रतिशत भएको छ । कुल योजना संख्या ११५ ओटा रहेको...
रौतहट । कार्यालयमा आएका सेवाग्राहीलाई सेवा लिन सजिलो बनाउन रौतहटको कटहरिया नगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । कार्यसम्पादनको क्रममा कानूनी तथा कागजी प्रक्रियाबारे जानकारी दिन नगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाको सेवा प्रवाह सहज बनाउन हेल्प डेस्क स्थापना गरिएको नगर...
जनकपुरधाम । नेपाल–भारत सीमावर्ती क्षेत्र धनुषामा निर्माणाधीन पुल दशगजा विवादका कारण वर्षौंदेखि अलपत्र परेको छ । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकामा पर्ने थलहीघाटमा निर्माणाधीन ५० मिटर लामो पुल करीब ८ वर्षदेखि अलपत्र परेको हो । उक्त पुलको शिलान्यास २०७१ मङ्सिरमा तत्कालीन भौतिक पूर्वाधार त...
महोत्तरी । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न उत्पादनको सम्बन्ध जोडिएको छ । श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रूखमा फल्ने फलविशेष) र केशोर (माटोमुनि फल्ने फलविशेष) उत्पादन भएपछि किसान खुसी भएका छन् । अहिले यो पर्व नजिकिएसँगै महोत्तरीका हाटबजारमा केशोर र...
वीरगञ्ज । मधेश प्रदेशमा कृषिको सम्भाव्यता उपयोगका लागि किसान र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याइएको छ । कृषि मधेशको समृद्धिको मुख्य आधार मात्र नभएर अर्थतन्त्रको मूल स्तम्भ भएकाले निजीक्षेत्रसँगको सहकार्यले मात्र सम्भावना साकार पार्न सकिने निजीक्षेत्रको ठहर छ ।
मधेशमा कृषिको सम्भावना अत्यध...