ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध
NA
जुम्ला । जुम्लामा तेस्रोपटक परेको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको छ । माघ २० गते साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सन्तोष भण्डारीले बताए । नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै...

कर्णाली पुल चाँडो सम्पन्न गर्न ध्यानाकर्षण
NA
काठमाडौं । सांसदहरूले कर्णाली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर जिल्लाका सांसदहरू निरुदेवी पाल, दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई पुल निर्माणमा रहेका समस्या हटाएर चाँडो सम्पन्...

हिमपातले प्रभावित हुम्लाको हवाई सेवा ५ दिनपछि शुरु
NA
माघ २५, हुम्ला । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौं  दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ ।  विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हि...

सुर्खेतमा प्याराग्लाइडिङ उडान
NA
सुर्खेत (अस) । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको बयलकाँडादेखि औपचारिक रूपमा साहसिक प्याराग्लाइडिङ उडान सुरु भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले व्यावसायिक उडान सुरु गरेको हो । कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको कम्पनीले बताएको...

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर
NA
सीमकोट । विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको सीमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले साता दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको हो । विद्युत् सेवा अवरुद्ध हुँदा रातीको समय आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउन...

अतिविपन्नलाई निःशुल्क स्वास्थ्य बीमा
NA
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।   ...

कच्चापदार्थको अभावमा जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द
NA
माघ २४, जुम्ला । कच्चापदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महीनौंदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताए । उनले भने, ‘चिनियाँ भेडाको ऊनबाट बन्ने...

विकासमा फड्को मार्दै पश्चिम सुर्खेत : तातापानी–घाटगाउँ जोड्ने पुल निर्माण अन्तिम चरणमा
NA
सुर्खेत । पश्चिम सुर्खेतमा विकासका सम्भावना बढेका छन् । यस क्षेत्रका नदीमाथि पुल जोड्ने कामले गति लिएसँगै पश्चिम सुर्खेतले पूर्वाधार विकासमा फड्को मार्ने भएको हो । पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएको कर्णाली नदीमाथि घाटगाउँ–चिप्ले पुल, वारिकुइने र पारिकुइने जोड्ने पुल निर्माण धमाधम भइरहेको छ ।...

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार
NA
कर्णाली । वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतवारदेखि आँखा रोगसम्बन्धी ओपीडी सेवा प्रवाह गर्ने तयारी गरेको बताएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार आइतवारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ । अस...

कालीकोटमा औद्योगिक ग्राम बन्दै
NA
कालिकोट । कालिकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । देशभरका चार नगरपालिका र दुई गाउँपालिकालाई मन्त्रालयले औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । मन्त्रालयका अनु...