ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
एनआईसी एशिया बैंकलाई ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’

काठमाडौं। एनआईसी एशिया बैंकले ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गरेको छ । मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा उक्त अवार्ड प्राप्त गरेको बताइएको छ । अन्तरराष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले हरेक वर्ष आयोजना गर्ने &...

विस्तृतमा →

प्राधिकरणले थप पाँच उद्योगको लाइन काट्यो

काठमाडौं। डेडिकेटेड फिडर र टं्रक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै शुक्रवार चार उद्योगको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले आइतवार थप ५ उद्योगमा त्यसै गरेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतवार बेलुकी सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापु...

विस्तृतमा →

५५ जलविद्युत् आयोजनासँग प्रगति विवरण माग : चित्तबुझ्दो विवरण नआए लाइसेन्स खारेज 

काठमाडौं । विद्युत् विकास विभागले अनुमतिपत्र लिएर काम नगर्ने ५५ ओटा जलविद्युत् आयोजनासँग प्रगति विवरण माग गरेको छ । विवरण हेर्दा अनुमतिपत्र लिएर काम नगरेको पाइएमा वा काम गर्न सक्ने स्पष्ट आधार नदेखिएमा त्यस्ता आयोजनाको अनुमतिपत्र खारेज गर्ने सरकारको योजना छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिह...

विस्तृतमा →

कर्जा पुन: संरचना र पुनर्तालिकीकरण गर्ने अवधि चैतसम्म

काठमाडौं । आर्थिक मन्दीका कारण प्रभावित उद्योगी व्यवसायीलाई राहत दिन नेपाल राष्ट्र बैंकले कर्जा पुन: संरचना र पुनर्तालिकीकरण गर्ने अवधि बढाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा गरेको घोषणा कार्यान्वयनका लागि राष्ट्र बैंकले आइतवार एकीकृत निर्देशन संशोधन गरी बाँकी ब्याजको १० प्रतिशत भु...

विस्तृतमा →

निगम र थाई एयरवेजबीच ग्राउन्डह्यान्डलिङ सम्झौता

काठमाडौं। नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउन्ड ह्यान्डलिङका विषयमा सम्झौता भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफै ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाई एयरवेजले अब यस्तो सेवा निगमबाट लिनेछ । निगम र थाई एयरवेजबीच २९ अक्टोबर २०२३ मा सम्झौता भई निगमले थाईको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको...

विस्तृतमा →

प्रतिबन्धको बेलाभन्दा पनि कम आयात

दुई वर्षअघि यही बेलातिर नीति निर्मातालाई अत्याएको आयात घट्नुलाई राम्रो मान्नुपर्नेमा यसले अर्थतन्त्र चलायमान हुन नसकेको र आर्थिक वृद्धिका लागि बढ्नुपर्ने बजार माग घटेको देखाएकाले सबैका लागि चिन्ताको विषय बनेको छ । काठमाडौं। चालू आर्थिक वर्ष (आव) को ५ महीनामा केही वस्तु आयातमा प्रतिबन्ध लागेक...

विस्तृतमा →

कृषि, वन र खनिजमा आधारित उद्योग खुल्नुपर्छ : राष्ट्रपति

विराटनगर। वैदेशिक रोजगारीका कारण गाउँघर नै रित्तिने अवस्था आएकाले अब बाहिर जाने जनशक्तिलाई यहीँ रोक्नुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । यसका लागि स्वदेशमै रोजगारी सृजना हुनुपर्ने भएकाले कृषि, वन र खनिजमा आधारित उद्योग खुल्नुपर्ने उहाँले बताउनुभयो । विराटनगरमा नेपाल उद्योग परिसंघ,...

विस्तृतमा →

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समितिमा छलफल शुरू

काठमाडौं। आम चासोका साथ हेरिएको विद्यालय शिक्षा विधेयक २०८० माथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल शुरू भएको छ । समितिको आइतवारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयको अन्तरालपछि आएको विद्यालय शिक्षासम्बन्धी विधेयकले मुलुकको शिक्षा प्रणाली...

विस्तृतमा →

‘उद्योगको सुरक्षा गर्न उद्योग परिसरमै प्रहरी परिचालन’

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २ अर्ब रुपैयाँभन्दा बढी लगानीका उद्योगको सुरक्षाका लागि उद्योग परिसरमै नेपाल प्रहरीको अस्थायी केन्द्र राखिने उद्घोष गरेका छन् । कोशी प्रदेश सरकारले औद्योगिक सुरक्षा नीति भर्खरै जारी गरेको भन्दै उनले उद्योगलाई आवश्यक परेमा उद्योग परिसरमा तैनाथ हुनेग...

विस्तृतमा →

'नेता–कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालय अनिवार्य नगरेसम्म शिक्षा सुधार हुँदैन'

काठमाडौं । आम चासोका साथ हेरिएको विद्यालय शिक्षा विधेयक २०८० माथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल शुरु भएको छ । समितिको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयको अन्तरालपछि आएको विद्यालय शिक्षासम्बन्धी विधेयकले मुलुकको शिक्षा प्रणाली...

विस्तृतमा →