ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
सुक्खायाम लागेसँगै भारतबाट विद्युत् आयात शुरू

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सुक्खायाम शुरू भएसँगै भारतबाट विद्युत् आयात शुरू गरेको छ । सुक्खायाम लागेसँगै खोला तथा नदीमा पानीको बहाव घटेर देशभित्रका विद्युत्गृहबाट उत्पादन घट्न थालेको छ । आन्तरिक माग बढ्दै जाँदा त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात शुरू गरिएको हो । यस्तै शु...

विस्तृतमा →

एनसेल खरीदविक्री प्रकरण छानबिन समितिले काम थाल्यो

काठमाडौं। सरकारले गठन गरेको एनसेलको शेयर खरीदविक्री अध्ययन तथा छानबिन समितिले काम थालेको छ । संयोजक टंकमणि शर्माका अनुसार समितिले आइतवारदेखि औपचारिक रूपमा काम थालेको हो । मङ्सिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्दै एनसेलको शेयर खरीदविक्री सम्बन्धमा छानबिन गर्दै ३० दिनभित्र प्रतिवेदन पेश गर्...

विस्तृतमा →

विक्री भएन डेरीको घ्यू, कोशीका दुई डेरी उद्योगमा ५० हजार केजी मौज्दात

झापा । दुग्धजन्य उत्पादन घ्यूको विक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा मौज्दात रहन गएको छ । घ्यू विक्री नभएपछि व्यवसायीहरूले नौनी घ्यू भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।  कोशी प्रदेशका दुई ठूला डेरी उद्योग रितिका र एनएमसी डेरी उद्योगले आफ्नो चिस्यान केन्द्रम...

विस्तृतमा →

एनसेल खरिदबिक्री सम्बन्धमा अध्ययन तथा छानबिन समितिले थाल्यो काम

काठमाडौं । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको जनाएको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जारी गरेको वि...

विस्तृतमा →

बुध्द एयरको १७औं जहाजबाट व्यवसायिक उडान शुरु

काठमाण्डौं । आजदेखि बुध्द एयरले आफ्नो १७ औं जहाजबाट व्यवसायिक उडान शुरु गरेको छ । जहाजले ५९ जना यात्रु सहित काठमाडौंबाट तुम्लिङटार  पहिलो उडान गरेको हो । एयरले गत कार्तिक १० गते उक्त जहाज काठमाडौं ल्याइपुर्‍याएको थियो । जहाज ल्याईसकेपछि रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि आजदेखि व्यवसायिक उ...

विस्तृतमा →

पृथ्वी राजमार्गको पश्चिम खण्डको २० किमि सडक ६ लेनको बन्ने

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८ दशमलव ८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करीब २० किलोमिटर दूरीमा ६ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहु...

विस्तृतमा →

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट गिट्टी, बालुवा झिक्न नपाउँदा आयोजनाको...

विस्तृतमा →

एक महीनामै रातो मुलाको मूल्य ६३ प्रतिशतले घट्यो

काठमाडौं । मुलाको सिजन शुरू भएसँगै मूल्य पनि घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा रातो मुलाको मूल्य ६३ प्रतिशतले घटेको छ । समितिका अनुसार एक महीनाअगाडि ४३ रुपैयाँमा औसत प्रतिकिलो रहेको रातो मुला आज औसतमा प्रतिकिलो १५ रुपैयाँ छ । आज अन्य तरकारीको मूल्य कति छ...

विस्तृतमा →

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेंडा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेंडा विक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेंडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट विक्री भएपछि बारीमै कुहिन थालेका छन् ।   गत आर्थिक वर्ष करीब ११ लाख किलो...

विस्तृतमा →

कालिकाका जनप्रतिनिधि र कर्मचारीद्वारा भूकम्प प्रभावितलाई सहयोग

चितवन। पूर्वी चितवनको कालिका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले जाजरकोट भूकम्पका प्रभावितलाई ६ लाख ६४ हजार ११३ रुपैयाँ सहयोग गरेका छन् । नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र पालिका अन्तर्गतका विद्यालयका शिक्षक समेतको योगदानमा उक्त रकम जम्मा गरेको बताइएको छ । उक्त रकम प्रधानमन्त्री रा...

विस्तृतमा →