चितवन। पूर्वी चितवनको कालिका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले जाजरकोट भूकम्पका प्रभावितलाई ६ लाख ६४ हजार ११३ रुपैयाँ सहयोग गरेका छन् । नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र पालिका अन्तर्गतका विद्यालयका शिक्षक समेतको योगदानमा उक्त रकम जम्मा गरेको बताइएको छ । उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको नगरपालिकाका लेखा शाखा प्रमुख ऋषिप्रसाद कटुवालले जानकारी दिए ।