ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा विद्यार्थी लक्षित जीवनपयोगी शैक्षिक मेला हुँदै

२०८० मंसिर, २५  
समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। चितवनमा विद्यार्थीलाई लक्षित गर्दै जीवनपयोगी व्यवहारिक ज्ञानसहितको शैक्षिक मेला हुने भएको छ । भरतपुर महानगरपालिका–१२ स्थित ग्रिनल्याण्ड पब्लिक स्कुलको आयोजनामा मंगलवार भरतपुरमा पीबीएल मेला ‘प्रोजेक्ट बेस लर्निङ मेला–२०२३’ आयोजना गर्न लागिएको हो । विद्यार्थीले सैद्धान्तिक शिक्षासँगै जीवनपयोगी, व्यावहारिक र नवप्रवर्द्धनसँग जोडिने खालका सृजना मेलामा प्रदर्शन गरिने आयोजकको भनाइ छ । 

स्कुलकी प्राचार्य इन्दिरा कार्कीले विद्यार्थीलाई किताबी ज्ञानमात्र नदिई उनीहरूको जीवनका लागि चाहिने आधारभूत जीवनपयोगी ज्ञान दिन यो शैक्षिक मेला आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘यस मेलापछि विद्यार्थीले शीप, संंस्कार, जीवन र जीविकाबारे व्यवहारमा परिवर्तन ल्याउन सक्ने हाम्रो अपेक्षा छ ।’ मेलामा विद्यार्थीले ८४ ओटा चुनिएका सिकाई र सृजनालाई प्रदर्शनमा राखिने बताइएको छ । अभिभावक, शैक्षिक सरोकारवाला लगायत अवलोकनकर्ता रहने मेलामा विद्यार्थीले आफ्ना उत्पादन र सृजनालाई मेलामा विक्री गरेर आम्दानी गर्न समेत सकिने कार्र्कीले जानकारी दिइन् । मेलामा विद्यार्थीले दुनाटपरी, बटारिएको धुप, चित्रकला, खानाका परिकार लगायत विज्ञान प्रविधिका स्टल रहनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)