ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका विभिन्न अस्पतालमा रिलायन्स फाइनान्सका ग्राहकलाई छूट 

२०८० पुस, २६  
शेयर / बैङ्किङ गतिविधि समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटल प्रालि, भरतपुरसँग वित्तीय सेवा प्रदान गर्ने तथा स्वास्थ्य सेवामा छूट दिने सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य, चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र पुष्पाञ्जलीका कार्यकारी अध्यक्ष चेतनाथ वाग्लेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार संस्थाका ग्राहक, शेयरधनी तथा कर्मचारीलाई दुवै अस्पतालले प्रदान गर्ने सेवामा २० प्रतिशतसम्म र फार्मेसीमा ७ प्रतिशतसम्म छूट प्राप्त गर्ने बताइएको छ । संस्थाले २१ शाखा कार्यालयमार्फत कारोबार गर्दै आएको छ । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरूलाई ई–बैंकिङ, एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिटेन्स, सी–आस्बा, कनेक्ट आईपीएस, एबीबीएस, ईसीसी, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)