ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन चितवनमा हुँदै

२०८० पुस, २३  
समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन। नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारणसभा चितवनको भरतपुरमा हुने भएको छ । पुस २४ र २५ गते हुने कार्यक्रममा सात प्रदेश र २२ शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघसंस्थाका प्रतिनिधि एवं नियमनकारी निकायका प्रतिनिधि सहभागी हुने बताइएको छ । 

संघमा हाल एक हजार ९२३ सदस्य आबद्ध छन् । महाधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । समितिको कार्यकाल दुई वर्षको हुने प्रावधान छ । 

संघका महासचिव नारायणबहादुर भुजेलका अनुसार नेपालमा २० ओटा स्वदेशी कम्पनीले भेटेरिनरी औषधि, भ्याक्सिन र फिड सप्लिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आएका छन् । त्यस्तै यो व्यवसायमा एक हजार ४०० पैठारीकर्ता रहेका छन् । औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टको बजार वार्षिक १३ अर्ब रुपैयाँको रहेको उनको भनाइ छ । 

नेपालमा औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टको बजार २० प्रतिशत आन्तरिक उत्पादन तथा ८० प्रतिशत आयातमा निर्भर रहेको बताइन्छ । तीन लाख जनशक्तिलाई रोजगार प्रदान गरेको यस क्षेत्रमा १ खर्ब ५० अर्ब रुपैयाँको लगानी रहेको संघले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)