ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन नपर्ने रोजगारी छोड्नै बेस

May 10, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

मन नपर्ने रोजगारी छोड्नै बेस



कुनै विकल्प नपाएको अवस्थामा पनि आफूलाई मन नपरीनपरी सोही रोजगारीमा बसिरहनु कर्मचारी र रोजगारदाता दुवैको हित नहुने एक अध्ययनले देखाएको छ । क्यानडाको मोण्ट्रियलस्थित कोङ्कोर्डिया युनिभर्सिटीको जोन मोल्सन बिजनेश स्कूलले गरेको उक्त अध्ययनका अनुसन्धानकर्ताहरुले आस्था देखाउनका लागि मात्र मन नपरीनपरी काम गर्ने कर्मचारी कामबाट छिट्टै विरक्तिने गरेको बताएका छन् । अध्ययनमा त्यस्ता कर्मचारीले आफू कार्यरत कम्पनीलाई पूर्वजानकारी नदिईकनै जागीर छाड्ने गरेको अनुसन्धानकर्ताहरुले भेटेका थिए ।

‘कतिपय कर्मचारी आफूसँग कुनै विकल्प नभएकाले मात्रै काममा खटिरहेका छन्,’ अध्ययन टोलीका प्रमुख अलेक्सान्द्रा पानासियोले भनिन् । त्यसरी काम जारी राख्नेहरुमा कामका बेला भावनात्मक क्षयीकरणको शिकार हुने सम्भावना बढी हुने पानासियोको भनाइ थियो । ‘यो अनुभूतिले उनीहरुलाई आफू कार्यरत संस्था छाड्न प्रेरित गर्दछ,’ उनले बताइन् । अहिले धेरै व्यावसायिक संस्थाका कर्मचारीमा यो प्रवृत्ति बढिरहेकाले यसलाई समाधान गर्न कम्पनीहरु आफै सक्रिय हुनुपर्ने सुझाव अनुसन्धानकर्ताहरुको छ । आफ्ना कर्मचारीलाई उचित तालीमको व्यवस्था गर्नु र संस्थामा उनीहरुको कार्यक्षेत्र र स्थान परिवर्तन गरिरहनु यो समस्या समाधानको एक उपाय भएको अनुसन्धानकर्ताहरुले बताए । यी उपायले कर्मचारीमा कामबारे सकारात्मक भावना विकास गर्ने उनीहरुले सुझाएका छन् ।

‘रोजगारदाताहरुले कर्मचारीहरुको ‘विकल्पबारेका चिन्ता’ सम्बोधन गर्नुपर्छ । यसले कर्मचारीलाई संस्थामा बसिरहन तथा उनीहरुको योगदान बढाउन सहयोग गर्दछ,’ पानासियोले भनिन् । यो अध्ययन सूचनाप्रविधि, स्वास्थ्य सेवा, इञ्जिनीयरिङलगायत क्षेत्रमा कार्यरत २ सय ६० कर्मचारीमाथि गरिएको थियो । अध्ययनमा सामेल कर्मचारीहरुको औसत उमेर ३४ वर्ष भएको र तीमध्ये ३३ प्रतिशत प्रबन्धक पदमा रहेको बताइएको छ । त्यसैगरी अध्ययन गरिएकामध्ये ५० प्रतिशत कर्मचारी सार्वजनिक क्षेत्रमा कार्यरत थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)