ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व फोटोग्राफी दिवस : ‘तस्वीरमा बालबालिका’ फोटो प्रदर्शनी [तस्वीरमा हेर्नुहोस्]

२०८० भदौ, २  
र यो पनि फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । १८४ औं फोटोग्राफी दिवसको अवसरमा  काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे), नेपालले सिविन नेपालसँगको सहकार्यमा बालबालिका राष्ट्रिय गौरव हुन भन्ने मूल नाराका साथ 'तस्वीरमा बालबालिका’ फोटो प्रदर्शनी आयोजना गरेको हो ।

प्रदर्शनीमा २५ भन्दा बढि फोटो पत्रकार तथा फोटोग्राफरहरुले खिचेका फोटो मार्फत बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गरिएको छ ।  बालबालिकाहरुका गौरवगाथाहरुलाई चित्रण गर्ने खालका ६० भन्दाबढी तस्वीरहरु समावेश गरिएको  आयोजक संस्था राष्ट्रिय फोटो पत्रकार समूहले जानकारी दिएको छ ।

उक्त फोटो प्रदर्शनीले “बालबालिका राष्ट्रिय गौरव हुन्” अभियानलाई अझ बढी बल पुगेको र बालअधिकार आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग हुने बालअधिकार अभियान्ता तथा सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बताए।

कार्यक्रममा बालबालिकाको संरक्षणकालागि खडा गरिएको संयन्त्र बालहेल्पलाइन नेपाल १०९८ बारे जानकारी फैलाउने उद्देश्यले बाल हेल्पलाइन मोबाइल बुथ पनि प्रदर्शनमा राखिएको थियो। 

उक्त प्रर्दशनीमा हिमाल, पहाड र तराईका विभिन्न जिल्लाका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरु समावेश गरिएको तस्बिरहरु प्रदर्शन गरि बालबालिकाहरूलाई थप उत्साही तथा खुशीयाली ल्याउन सो प्रर्दशनी आयोजना गरिएको एनएफपीजेले जानाएको छ ।

थप तस्वीरमा हेर्नुहोस् 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)