काठमाडौं । मगर समुदायको मुख्य पर्वका रुपमा लिइने मकर संक्रान्ति धुमधामका साथ मनाइएको छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
पर्वका अवसरमा मगर समुदायका व्यक्तिले भृकुटीमण्डपबाट र्याली निकालेर नगर परिक्रमा गरी टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ ।