ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अचेल चल्दैन काठमाडौं–कुलेखानी सडक ! [तस्वीरहरू]

२०८० पुस, २५  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar सुनिल शर्मा

काठमाडौं । सडकको कालोपत्र भत्किएको छ। जताततै धुलो उडेको छ । सडक छेउमा माटोको ढिस्का थुप्रिएका छन् । 

यो दृश्य हो- काठमाडौं उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्ग कान्ति राजपथअन्तर्गतको सडकखण्डको । यो अवस्थाले सडकको बिग्रिएको अवस्था झल्काउँछ । तर, अहिले काठमाडौं-हेटौंडा यात्राको लागि यो मार्ग विकल्पको रूपमा छ ।

कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिकै लागि सवारीसाधनको आवागमन बन्द गरिएपछि कान्ति राजपथ विकल्प बनेको हो। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको काम भइरहेको भन्दै आगामी फागुन १५ गतेसम्मका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको जनाएको छ। यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिकाले काठमाडौंतर्फ हुमानेभन्ज्याङ–टल्कु–फर्पिङ सडकखण्डमा कालोपत्रे गर्ने तयारीमा रहेको भन्दै सवारीधनीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । 

स्तरोन्नतिका लागि सडक बन्द गरिएपछि अहिले यी सडकमा सवारीको आगमन खासै देखिँदैन । ती सडकमा आवागमन निषेध गरिएपछि काठमाडौंबाट हेटौंडा तथा तराईका केही स्थान जाने यात्रुहरू कान्ति राजपथ प्रयोग गर्न बाध्य छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)