काठमाडौं । थारू समुदायको मुख्य पर्वका रूपमा लिइने माघी पर्व धुमधामका साथ मनाइएको छ ।
विभिन्न जिल्लाका थारूहरू राजधानीको टुँडिखेलमा जम्मा भएर माघी पर्व मनाएका छन् । काठमाडौंको वसन्तपुरबाट निस्केको र्यालीले नगर परिक्रमा गरी टुँडिखेलमा आएर कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा थारु समुदायले झाँकी प्रदर्शन गरेका थिए । थारु समुदायको संस्कृति झल्किँदा टुँडिखेलमा रौनक देखिएको थियो ।
तस्वीरमा हेर्नुस् माघीमा टुँडिखेलमा देखिएको रौनक
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान