ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व वातावरण दिवस : कहाँ गए काठमाडौंंमा देखिने दर्जनौ प्रजातिका चराचुरुङ्गी ? [तस्वीरहरू]

२०८० जेठ, २२  
विविध र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । सोमवार नेपालमा पनि देशैभरी विभिन्न कार्यक्रम गरेर वातावरण दिवस मनाइएको छ । काठमाडौंको टुँडिखेल, भृकुटीमण्डप वरपर कोलाहलको बीच नै विभिन्न चराहरुको सुमुधुर आवाज गुन्जियो ।

उपत्यकामा प्राय देखि रहने चरा डाङग्रे रूपी (Common Myna) तथा जुरेली (Red-vented Bulbul) ले मानिसहरुलाई टक्क अडाइरहेको थियो । नजिकै देख्दा कसैले मोबाइलले त कसैले आँखैले तस्वीर लिएर मन बुझाए ।

उपत्यकामा अहिले हत्तपत्त चराचुरुङ्गी देख्न सकिन्न । आजभन्दा २०/२५ वर्ष अघिसम्म भने घरकै वरपर दर्जनौ किसिमका चराचुरुङ्गी उडेको देख्न पाइन्थ्यो । नारायणहिटी दरवारको वरपर त धेरै थरीका चराचुरुङ्गी देख्न पाइन्थ्यो । तर, अहिले भने वातावरण प्रदूषण, जलवायु परिवर्तन, घना शहरीकरण लगायतका कारणले २/३ थरीका चराचुरुङ्गी भेट्न पनि मुस्किल भइसकेको छ ।

घरहरुमा गुंड बनाइ विशेष रुपमा पालिने गौंथली त देख्नै मुश्किल भइसक्यो । विष्णुमति खोला वरपर देखिने सारस हेर्न अब चिडियाखानामै पुग्नुपर्छ । हाम्रो उमेर बढ्दै जाँदा चराहरुको सँख्या चाँहि घट्दै गएका छन् ।

यो वर्षको वातावरण दिवसको नारा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौंः वातावरण मैत्री विकल्पको उपयोग गरौं’ भन्ने रहेको छ । तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)