ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लेजी ट्रुथ : स्पामविरुद्धको नयाँ हतियार

May 15, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

लेजी ट्रुथ : स्पामविरुद्धको नयाँ हतियार



के तपार्इं आफ्नो ई–मेल इनबक्समा थुप्रिने विभिन्न गलत सन्देशयुक्त ‘स्पाम मेल’बाट दिक्क हुनुहुन्छ ? यदि जति हटाए पनि इनबक्समा फेरि थुप्रिने स्पामहरुबाट आजित हुनुभएको छ भने तपार्इंको यो समस्याको समाधान पनि विकसित भएको छ । विकासकर्ताहरुको एक समूहले यसका लागि ‘लेजी ट्रुथ’ नामक एक नयाँ स्वचालित सफ्टवेयर (फ्याक्ट–चेकर) निर्माण गरेका छन् ।

अमेरिकी विश्वविद्यालय ‘म्यासाच्युसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजी’ (एमआईटी)को मिडिया ल्याबोरेट्रीका अनुसन्धानकर्ताहरुको एक समूहले बनाएको उक्त सफ्टवेयरले ई–मेलमा आउने स्पाममाथि निगरानी तथा नियन्त्रण गर्ने बताइएको छ । अनुसन्धानकर्ताहरुका अनुसार गलत सन्देशयुक्त मेलका आगमन हटाउन लेजी ट्रुथले प्रयोगकर्ताका ई–मेल इनबक्समा सीधै ‘ट्रुथ राइट’ भएको एक ‘केर्नल’ पठाउने गर्दछ । प्राविधिक परिभाषाअनुसार केर्नल भन्नाले कुनै पनि अपरेटिङ सिष्टमको केन्द्रीय तत्व हो जसले कम्प्युटरमा इन्स्टल गरिएका सम्पूर्ण सफ्टवेयर तथा एप्लिकेशनलगायत ई–मेल इनबक्समा आउने मेलहरुको व्यवस्थापन गर्ने गर्दछ ।

यो सफ्टवेयरले कुनै पनि शङ्कास्पद मेलका स्रोतलाई ‘स्नुप्स डट कम’ र ‘फ्याक्ट चेक डट ओआरजी’मार्फत अध्ययन गर्ने अनुसन्धानकर्ताहरुले जानकारी दिए । त्यसपछि गलत सन्देशयुक्त भएको पुष्टि भएमा तिनलाई प्रयोगकर्ताका मेल इनबक्समा जानबाट रोक्ने काम लेजी ट्रुथले गर्ने उनीहरुको भनाइ छ । ती दुई वेबसाइट कुनै पनि मेलको आधिकारिकता जान्न प्रयोगकर्तामाझ लोकप्रिय रहेका छन् । ‘मानिसहरुलाई स्पामबाट मुक्ति दिने यस्तो सफ्टवेयरको विकासका लागि हामीहरु धेरै वर्षदेखि प्रयत्नरत थियौं,’ अनुसन्धानकर्ता टोलीका प्रमुख म्याट स्टेम्पेकले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)