ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आफूले पाएको बोनस कर्मचारीलाई बाँड्ने सीईओ

Jul 22, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कतिपय धनाढ्य व्यापारीहरुले बेलाबेलामा उल्लेख्य रकम सामाजिक कार्यमा खर्चिरहेको समाचार त प्रायः हामीले सुनिरहेकै हुन्छौं । तर, बोनसमा हात परेको रकमको ठूलो हिस्सा आफू कार्यरत कम्पनीका कर्मचारीलाई नै बाँडेर चिनियाँ कम्प्युटर निर्माता लेनोभोका कार्यकारी प्रमुख याङ युआनक्विङले भने कर्पोरेट क्षेत्रमा नौलो प्रचलन शुरु गरेका छन् । मार्चमा सकिएको सन् २०११/१२ को आर्थिक वर्षमा उनले कुल ५२ लाख अमेरिकी डलर बोनसबापत पाएका थिए । तर, युआनक्विङले आफूले पाएको रकममध्ये ३० लाख डलर कर्मचारीलाई बाँडिदिएका छन् ।

कम्पनीले दिएको जानकारीअनुसार उक्त रकम लेनोभोमा कार्यरत तल्लोस्तरका १० हजार कर्मचारीमाझ बाँडिएको छ । तिनमा कम्पनीको कारखानामा काम गर्ने कामदार, रिसेप्सनिष्ट, कल सेण्टरमा काम गर्ने र कार्यालयका मेसेञ्जरजस्ता कम तलबभत्ता भएका कर्मचारी रहेका लेनोभोको व्यवस्थापनले उल्लेख गरेको छ । लेनोभोका तल्लोस्तरका कर्मचारीको औसत मासिक तलब २ हजार युआन (३ सय १४ अमेरिकी डलर)मात्र रहेको छ । महँगी निकै बढिरहेको अहिलेको समयमा उनीहरुले यसबारे गरेको गुनासोपछि लेनोभोका कार्यकारी प्रमुखले यस्तो उदार निर्णय गरेका हुन् ।

‘मैले आफ्नो ई–मेल खुल्दा तपार्इंले युआनक्विङ विशेष पुरस्कारअन्तर्गत २ हजार युआन पाउनुभएको छ भन्ने सन्देश देखें,’ कम्पनीको एक कल सेण्टरमा कार्यरत झाङ झिङले खुशी हुँदै बताए । याङ युआनक्विङले गत आवमा तलबभत्ता, बोनस र अन्य आर्थिक सुविधाहरु गरेर कुल १ करोड ४० लाख डलर कमाएका थिए । उनको यो कदम लेनोभो विश्वकै सबैभन्दा ठूलो पीसी उत्पादक बन्न तीव्र गतिमा अगाडि बढिरहँदा आएको छ । विश्लेषकहरुले युआनक्विङको उदारतालाई अन्य कम्पनीका कार्यकारी प्रमुख र उच्च अधिकारीहरुले पछ्याउनुपर्ने सुझाव दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)