ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बर्लिनले नतिरेको साढे ४ सय वर्ष पुरानो ऋण ’

Jul 24, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

जर्मनीको मिट्टेनवाल्ड नामक एक सानो शहरले यदि आफूले सन् १५६२ मा राजधानी बर्लिनलाई दिएको ऋण फिर्ता पाउन सकेको खण्डमा सो शहर विश्वकै सबैभन्दा धनी शहर बन्नेछ । किनभने, यो ऋणका सावाँ, ब्याज र मुद्रास्फीतिलाई जोड्दा खर्बौं यूरोबराबर हुने देखिएको छ । गतहप्ता मात्रै एक मिट्टेनवाल्डको सरकारी अभिलेखागारमा साढे ४ सय वर्ष पुरानो तमसुक फेला पारिएपछि यो कुरा उजागर भएको हो ।

रेडियो बर्लिन ब्राण्डेनबर्ग (आरबीबी)ले प्रसारण गरेको यसबारेको समाचारअनुसार मिट्टेनवाल्डले बर्लिनलाई सन् १५६२ मे २८ तारिखमा ४ सय गिल्डर ऋण दिएको थियो । तमसुकमा लेखिएअनुसार बर्लिनले यो ऋणमा वार्षिक ६ प्रतिशत ब्याजदर दिने सम्झौता गरिएको थियो । आरबीबीले अहिलेको समयमा यो ऋणको सावाँ रकम ११ हजार २ सय गिल्डर पुगेको र त्यो ११ करोड २० लाख यूरोबराबर हुने बताएको छ ।

यो तमसुक मिट्टेनवाल्ड शहरका इतिहासविद् भेरा स्मिट्ज्डले फेला पारेकी हुन् । उनका अनुसार शहरको अभिलेखागारमा सन् १९६३ मा यसलाई पहिलोपटक ‘फाइल’ गरिएको थियो । स्मिट्ज्डले फेला पार्दा यसमा लगाइएको लाहाछाप भने उप्किसकेको थियो । ‘तर, पनि यो अहिलेसम्म वैध नै छ, किनभने सन् १८९३ मा यो तमसुकको आधिकारिता परीक्षण गर्दै यसलाई कानूनी भएको ठहर गरिएको थियो,’ उनले भनिन् ।

यस्तो ऐतिहासिक तमसुक भेटेपछि शहरका उच्च अधिकारीहरु बर्लिनलाई ऋण चुक्ता गराउन सक्रिय भएका छन् । इतिहासविद् स्मिट्ज्डसहित शहरका मेयर उवे फेइफरले बर्लिन शहरका अधिकारीहरुलाई यो ऋण तिर्न ताकेता गर्दै पत्रसमेत लेखेका छन् । तर, यो प्रयत्न यसभन्दा अघि पनि निकैपटक भएको देखिन्छ । तमसुकको अभिलेखमा लेखिएअनुसार सन् १८२० देखि प्रत्येक ५० वर्षमा ऋण तिर्न ताकेता गर्दै यस्तो पत्र लेखिए पनि बर्लिन शहरले सुने÷नसुनेझैं गरेर उडाइदिने गरेको छ ।

सहज अवस्थामा त उक्त ऋण तिर्न आनाकानी गर्ने बर्लिन शहरले यूरोजोन ऋणसङ्कटका कारण बजेटको अभाव खेप्दै गरेको वर्तमान समयमा यो कर्जा तिर्ने सम्भावना पटक्कै छैन । गतमहीना मात्रै जर्मन संसद्को वित्तीय व्यवस्थापनले सार्वजनिक गरेको प्रतिवेदनमा बर्लिन शहरको कुल बजेट घाटा साढे ६ करोड यूरो पुगेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)