ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भाग्यशाली’ कर्मचारीलाई मात्र तलब ’

Jul 25, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

राफल चिट्ठा जित्ने ‘भाग्यशाली’ कर्मचारीलाई मात्र तलब दिइने कुरा सुन्दा तपार्इं निश्चय नै आश्चर्यमा पर्न सक्नुहुन्छ । तर, यो अपत्यारिलो कुरा पनि यथार्थ
बनेको छ, टाट पल्टिन लागको एक अजेण्टिनी शहर बियालेट मास्सेमा । राजधानी ब्युनस आयर्सबाट साढे ७ सय किलोमिटर उत्तरपश्चिममा पर्ने उक्त शहरमा कर्मचारीहरुलाई तलब खुवाउन सरकारी कोषहरुमा रहेको रकम अपर्याप्त भएपछि त्यहाँका मेयरले सोमवार यस्तो घोषणा गरेका हुन् ।


‘शहरका कर्मचारीलाई तलब खुवाउन हामीहरु भाग्यशाली राफल चिट्ठा निकाल्छौं ’ मेयर गुस्ताभो पुएआले रेडियो मिट्रे सँग बोल्दै यसबारे जानकारी दिए । पुएओका अनुसार राफल चिट्ठाको पहिलो ‘ड्र’ शुक्रवार निकालिएको थियो र त्यसमा ९२ मध्ये ‘भाग्यशाली’ ठहरिएका २३ कर्मचारीले तलब पाएका थिए । एवम्रीतले यो कार्यक्रमलाई अघि बढाउँदै कर्मचारीहरुलाई तलब दिँदै जाने नीति लिइएको मेयरले उल्लेख गरे ।


‘प्रान्तीय सरकारले हाम्रो शहरलाई निकै कम मात्र बजेट छुट्ट्याउने गरेको छ’, तलब बाँड्न असमर्थ हुनाको कारणबारे बताउँदै उनले गुनासो गरे । ५ हजार मात्र जनसङ्ख्या भएको बियालेट मास्से कोर्डाेबा प्रान्तको एक प्रमुख पर्यटकीय गन्तव्य भए पनि देशको आर्थिक वृद्धि घटिरहँदा प्रान्तीय सरकारले गरेको बजेट कटौतीको मारमा पर्दै गइरहेको छ । बियालेट मास्से शहर र कोर्डाेबा प्रान्त जस्तै अजेण्टिनाका थुप्रै क्षेत्रले देशको कमजोर आथिर्क वृद्धिदरका कारण सृजित अप्ठ्यारोको सामना गरिरहेका छन् ।


अजेण्टिनाको सरकारले सार्वजनिक गरेका तथ्याङ्क अनुसार मे महीनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर गतवर्षको सोही महीनाको तुलनामा १ दशमलव ५ प्रतिशतले घटेको थियो । अर्जेण्टिनाको जीडीपी वृद्धिदर सन् २००३ यता प्रतिवर्ष ८ प्रतिशतको औसत दरले बढेको थियो । तर, नकारात्मक अन्तरराष्ट्रिय र राष्ट्रिय आर्थिक परिदृश्यका कारण सन् २०१२ मा जीडीपी वृद्धि यो भन्दा आधामात्रले बढ्ने विश्लेषकहरुको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)