अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका अब अनलाइनमा मात्र उपलब्ध हुने भएको छ । पत्रिकाका प्रकाशक इण्टरएक्टिभ कर्प आईएसीका अध्यक्ष तथा सञ्चारकर्मी ब्यारी डिलरका अनुसार पत्रिका अनलाइनमा मात्र उपलब्ध हुनुमा यसको छपाइखर्च नै मुख्य रुपमा देखिएको बताए । त्यसैले, न्यूजवीकलाई डिजिटल फरम्याटमा लाने निर्णय गरिएको हो । ‘हामी आफ्ना सबै विकल्पबारे जाँच गरिरहेका छौं,’ डिलरले भने ।
डिलरका अनुसार अक्टोबर वा आगामी वर्षको शुरुआतसँगै न्यूजवीकको भविष्यका लागि नयाँ उपाय खोजिनेछ । न्यूजवीकलाई यो वर्षमात्रै २ करोड २० लाख डलर घाटा हुने अनुमान गरिएको छ । तर, परम्परागत म्यागेजिन फरम्याटमा रहेको न्यूजवीक डिजिटल फरम्याटमा पनि त्यत्तिकै लोकप्रिय हुन्छ कि हुँदैन भन्ने अहिल्यै भन्न नसकिने पत्रिका सम्बद्ध जानकारहरुले बताएका छन् ।
सन् २०११ को फेबु्रअरीमा रुपर्ट मूर्डफले आईप्याड र अन्य ट्याबलेटका लागि ‘द डेली’ शुरु गरेका थिए । तर, ‘द डेली’ हाल घाटामा रहेको तथा निकट भविष्यमै नाफामा जाने सम्भावना निकै कम रहेको जानकारहरुको भनाइ छ । स्वर्गीय अर्बपति हर्मनका परिवारले संयुक्त लगानी छोडेपछि डिलरले न्यूजवीकलाई आफ्नो नियन्त्रणमा लिएका थिए । झण्डै ७९ वर्ष पुरानो न्यूजवीक पत्रिका अनेकौं पुरस्कारबाट सम्मानित भइसकेको छ । स्टेरियो म्यागनेट हरमनले सन् २०१० मा न्यूजवीकलाई मात्र १ डलरमा खरीद गरेका थिए ।