ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झूट्टाहरू नै झूट ठम्याउन बढी सक्षम ’

Jul 31, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सामान्य मानिसको तुलनामा धेरै झूट बोल्नेहरु कपटपूर्ण र जाली व्यवहार ठम्याउन सक्षम रहेको हालै बेलायतमा गरिएको एक अध्ययनमा पाइएको छ । लण्डनस्थित युनिभर्सिटी कलेजका अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनमा यस्तो देखिएको हो । अध्ययनका क्रममा गरिएको ‘स्पिकिङ टेष्ट’मा धेरै झूट बोलिरहनेहरुले सत्य बोल्ने मानिसहरुभन्दा झूटलाई धेरै नै सटिक ढङ्गले ठम्याएका थिए ।

अनुसन्धानकर्ताहरुका अनुसार झूट या कपटलाई ठम्याउनसक्ने उनीहरुको क्षमतामा बौद्धिक कारण रहेको छैन । झूट बोल्नेहरुको अनुभव यसका लागि मुख्य कारण रहेको अनुसन्धानकर्ताहरुको भनाइ छ । झूट बोल्नेहरुले कसैले झूट बोलिरहेको ‘स्पष्ट सङ्केत’ पाउने गरेको उनीहरुले बताए । अध्ययनमा सफलतापूर्वक झूट बोल्न सक्नु पनि मानिसको क्षमतामा निर्भर हुने पाइयो ।

तर, अनुसन्धानकर्ताहरु सत्य बोल्ने र धेरै झूट बोल्ने मानिसबीच एकै प्रकारको बौद्धिक स्तर भए पनि उनीहरुका क्षमता भने फरक–फरक हुने देखेर अचम्मित भएका थिए । अरुलाई छल्नसक्ने मानिसमा यो ‘क्षमता’ जन्मैबाट आयो अथवा पछि विकसित हुँदै गयो भन्ने कुरा स्पष्ट भइनसकेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

‘मानिसका छलकपटपूर्ण व्यवहार क्षमताबीच पनि उल्लेखनीय सम्बन्ध रहेको देखियो, धेरै झूट बोल्नेहरु सामान्य मानिसहरुले सही/गलत भनेर छुट्ट्याउन निकै अप्ठ्यारो पर्ने दस्तावेज लेख्न सक्ने पाइयो,’ अनुसन्धानकर्ताहरुले द डेली मेल पत्रिकालाई बताए । उनीहरुले यो क्षमता धेरै झूट बोल्नेहरुबीच पनि एकै प्रकारको नभई फरक स्तरमा हुने जानकारी दिए । छलकपटपूर्ण व्यवहार गर्नेहरुले कुनै समयमा राम्रै काम पनि गर्न सक्ने अनुसन्धानकर्ताहरुको जिकीर छ । सन् ६० को दशकमा अमेरिकी सरकारलाई समेत झुक्याएर करोडौं डलर हात पार्ने फ्रान्क अबाञ्जेल जुनियरको उदाहरण उनीहरुले दिए । युवा उमेरमा झूट बोल्ने ‘कन्फिडेन्स ट्रिकष्टर’ उपनामले पनि परिचित फ्रान्क हाल अमेरिकाको सङ्घीय जाँच ब्युरो (एफबीआई)लाई वित्तीय धोका सम्बन्धित परामर्श दिने गर्छन् । यो अध्ययनमा ५१ जना स्वयम्सेवक सामेल गरिएका अनुसन्धानकर्ताहरुले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)