ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समुद्रको पानीबाट पनि बिजुली

Aug 1, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अमेरिकी वैज्ञानिकहरुले नयाँ प्रविधिको प्रयोग गरेर विद्युत् निकाल्दा विश्वका झण्डै ५२ करोड मानिसलाई पुग्ने विद्युत् उत्पादन हुने बताएका छन् । अमेरिकन केमिकल सोसाइटी (एसीएस)को प्रसिद्ध पोडकाष्ट शृङ्खला ग्लोबल च्यालेञ्जेज/केमिकल सोलुसन्सका अनुसार अहिलेसम्म निकै कम मात्रै थाहा पाइएको पे्रसर–रिटार्डेड ओस्मोसिस (पीआरओ) प्रक्रियाद्वारा बगिरहेको नदी र समुद्रको पानीबाट विद्युत् निकाल्न सकिन्छ । पीआरओ प्रविधि समुद्रको नुनिलो पानी र नदीको ताजा पानीको फरक विश्लेषणमा आधारित हुने उनीहरुको भनाइ छ ।

यसमा नदी समुद्रमा मिसिने ठाउँमा बनाइएको ऊर्जाके न्द्रमा राखिएको एक विशेष प्रकारको झिल्ली (मेम्बरेन)बाट ताजा र नुनिलो पानीलाई विपरीत दिशातर्फ पठाइन्छ । यसरी विपरीत दिशाबाट पठाइएको फरक प्रकारको पानीले दबाब उत्पन्न गर्ने र जेनेरेटरको टर्बाइनलाई तीव्रगतिमा धुमाउँदै विद्युत् निकाल्ने वैज्ञानिकहरुले बताए । पीआरओ प्रविधिमा कुनै प्रकारको इन्धन प्रयोग नगरिने भएकाले यसबाट कार्बनडाइअक्साइड ग्यास उत्सर्जन नहुने उनीहरुको भनाइ छ । अमेरिकी वैज्ञानिकद्वय मेनाचेम एलिमेलेच र नागी यिनले यो प्रविधिको बेलीविस्तार एसीएसको जर्नल इन्भारोमेण्टल साइन्स एण्ड टेक्नोलोजीमा गरेका छन् ।

पीआरओ प्रविधिको परीक्षण नर्वेमा सफलतापूर्वक भइरहेको उनीहरुले उल्लेख गरेका छन् । सन् २००९ मा नर्वेमा विश्वको पहिलो पीआरओ पावरप्लाण्ट स्थापना गरिएको थियो । यो प्रविधिका विद्युत् उत्पादन गृहहरुले विश्वका नदीहरुको पानीको दशौं भागको एक भाग पानी मात्र प्रयोग गर्ने वैज्ञानिकद्वयले जानकारी दिएका छन् । यसले विश्वमा स्वच्छ ऊर्जाको उत्पादनका लागि नयाँ आयाम थपेको उनीहरुको कथन छ । यदि यही मात्राको विद्युत् उत्पादन कोइला प्रयोग गरेर गरिने हो भने प्रतिवर्ष १ अर्ब मेट्रिक टन कार्बनडाइअक्साइड उत्सर्जन हुने उनीहरुको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)