ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब कार्यालय प्रमुख हुने पालो रोबोटको !

Aug 5, 2012  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कार्यालयका प्रमुख कुनै कामविशेषले बाहिर गएमा अथवा बिदामा बसेमा कतिपय कर्मचारीहरुका लागि त्यो निकै खुशीको विषय हुने गर्दछ । तर, अब भने प्रमुखको अनुपस्थितिमा खुशियाली मनाउने कर्मचारीका ती ‘सुखद’ क्षणको अन्त्य हुन लागेको छ । किनभने, अमेरिकी सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले बनाइरहेको एक रोबोटको निर्माणपछि कार्यालय प्रमुखको अनुपस्थितिमा उनले गर्ने सबैजसो काम सुचारु हुनेछ ।

प्राप्त जानकारीअनुसार माइक्रोसफ्टले वाशिङटन राज्यको रेडमण्डस्थित मुख्यालयमा यो रोबोट निर्माण गरिरहेको छ । कार्यालय प्रमुखको भूमिकामा रहने यो रोबोटमा एक जोडी क्यामेरा, हाई डिफिनिशन डिस्प्ले राखिएका छन् । मुन्तिर रहेको पाङ्ग्राले यो यताउति हिँड्न सक्छ । यो रोबोटलाई इण्टरनेटबाट वेबक्यामको सहायताले नियन्त्रण गरिन्छ । यसमा राखिएको क्यामेराबाट रोबोटका नियन्त्रकले कार्यालयको ‘लाइभ भिडियो’ कम्प्युटरमा हेर्न सक्छन् ।

त्यसैगरी नियन्त्रकले चाहेको ठाउँमा लगेर कर्मचारी वा आवश्यक व्यक्तिसँग सीधै कुराकानी पनि गर्न सक्छन् । यो रोबोटको ‘प्रोक्सी’ क्यामेरालाई कुनै व्यक्तिसँग कुराकानी गर्दै सँगै हिँडिरहँदा उक्त व्यक्तितर्फ केन्द्रित हुनेगरी प्रोग्राम गर्न सकिने बताइएको छ । त्यसैगरी कार्यालयका बैठकमा प्रमुखले गर्ने सबै कामका बारे अगाडि नै प्रोग्राम गरेर पठाउन मिल्ने सुविधा पनि माइक्रोसफ्टले दिएको छ । यो रोबोटको प्रयोगले प्रमुखलाई कार्यालयमा उपस्थित नभइकनै आफ्ना दायित्व निर्वाह गर्न सहयोग गर्ने माइक्रोसफ्टको भनाइ छ । कार्यालयबाट जति नै टाढा भए पनि औंला चलाएर नियन्त्रण गरिने यो रोबोटले प्रमुखको अनुपस्थितिमा कार्यालयका कामहरुको प्रभावकारिता घट्न नदिने कम्पनीको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)