पीएचडी गर्नका लागि विषय छनोट गर्न सकिरहनुभएको छैन भने यहाँ गज्जबको उपाय छ । बेलायतको विश्वविद्यालयले चकलेटका पारखीहरुका लागि पीएचडी कोर्सको व्यवस्था गरेको छ । बेलायतको वेष्ट अफ इङ्ल्याण्डस्थित युनिभर्सिटीले चकलेटमा पीएचडी गर्नका लागि वार्षिक १५ हजार पाउण्डको छात्रवृत्ति प्रदान गर्ने भएको छ । चकलेटको फ्लेभर बढाउने तङ्खवको अध्ययन गर्न यो कोर्स डिजाइन गरिएको बताइएको छ ।
चकलेटमा पीएचडी गर्न आउने उम्मेदवारले चकलेटको फ्लेभर बढाउने कोको विन्सको फर्मेण्टेशन प्रक्रियाबारे अध्ययन गर्ने बताइएको छ । चकलेट उद्योगहरुले कोको पाउडरसम्बन्धी गहिरो फोरेन्सिक अध्ययनको माग गरेका कारण यो तीनवर्षीय अध्ययनको डिजाइन गरिएको हो । अध्ययन गर्न चाहनेहरुले विश्वविद्यालयको हेल्थ एण्ड एप्लाइड साइन्सेसमा फेब्रुअरी २७ सम्म आवेदन दिइसक्नु पर्नेछ । रासस/पीटीआई