ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फुटेको आईफोन फोरएसको मूल्य १ करोड !

Feb 22, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी ‘एप्पल इङ्क’को आईफोन निकै महँगो छ । यो त हामी सबैलाई थाहा भएकै कुरा हो । पुरानो संस्करणको आईफोन १ करोड रूपयामा विक्री गरिने कुरा सुन्दा हामीहरुलाई अचम्म लाग्न सक्छ । तर, यो कुरा साँचो हो । एउटा ई–कमर्श वेबसाइटले आईफोन फोरएस्लाई १ करोड रूपयामा बेच्न थालेको छ । सबैभन्दा रोचक कुरा त के छ भने ६ वर्षपहिला लञ्च गरिएको यो आईफोन फुटेको छ । अब तपाईंलाई अचम्म लागेको होला कि यो आईफोनमा त्यस्तो के छ र फुटिसक्दा पनि यसलाई त्यति धेरै रकममा बेचिँदैछ भनेर ।

यो फोनको पछाडिपट्टिको हिस्सामा एप्पलको लोगो छ । तर, यस्तो लोगो त सबै आईफोनमा हुन्छ । यो फोनको लोगो साधारण छैन । यसमा केही परिवर्तन छ । त्यो के भने यसको लोगोलाई एप्पलका संस्थापक स्टिभ जब्सलाई ट्रिब्यूट दिनका लागि खासगरी तयार पारिएको थियो । कम्पनीले जब्सलाई ट्रिब्यूट दिन यस्तै लोगो भएको ५६ थान आईफोन बनाएको थियो । आईफोन फोर एस् १ करोडमा विक्री गर्नुको यो नै मुख्य कारण भएको ई–कमर्श वेबसाइट ई–बेले बताइएको छ । जब्सको मृत्यु भएपछि जोनैथन म्याकले कम्पनीको आधिकारिक लोगोमा केही ‘मोडिफिकेशन’ गरी त्यसमा जब्सको फोटो हालेका थिए । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)