ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पिज्जामा भुइँकटहर टपिङको राष्ट्रपतिद्वारा विरोध !

Feb 23, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हरेक मानिसको आ–आफ्नै रूचि हुन्छ । लत्ताकपडा होस् वा प्रविधि, सबै चिजमा मानिस आफ्नो रूचिअनुरुप गर्ने गर्दछ । खानेकुराप्रति पनि हाम्रो आ–आफ्नै रूचि हुन्छ । हामीहरुमध्ये कतिपयलाई पिज्जामा धेरै चिज हालेको मन पर्छ त कसैलाई चाहिँ थोरै । तपार्इंहरुले माथिबाट भुइँकटहर हालेको पिज्जा खानुभएको छ ? कतिले खानुभएको होला अनि कतिले नहोला पनि । तर, आफूलाई मन नपरेको कुराको तपाईंहरुले कत्तिको विरोध गर्नुभएको छ ?

आइसल्याण्डमा भने त्यहाँका राष्ट्रपतिलाई पिज्जामा भुइँकटहर टपिङप्रति यति धेरै घृणा लाग्यो कि मिल्ने भए यसलाई गैरकानूनी घोषित गर्न आफ्नो शक्ति नै प्रयोग गर्ने अभिव्यक्ति दिएका छन् । गुओनी थोरलासियस जोहानेसनले आफैलाई कुनै कानून पारित गर्ने अधिकार भएको भए पिज्जामा भुइँकटहर टपिङ गर्नमा नै प्रतिबन्ध लगाउने बताएका छन् । त्यहाँको एक स्थानीय विद्यालयको भ्रमणका क्रममा विद्यार्थीले सोधेका प्रश्नको प्रतिउत्तरमा उनले त्यस्तो बताएका हुन् । उनको यो अभिव्यक्तिलाई त्यहाँको पत्रिकाहरुले ‘राजनीतिक धमाका’को सङ्ज्ञा दिएका छन् । राष्ट्रपतिको यस्तो अभिव्यक्तिपछि पिज्जामा भुइँकटहर टपिङबारे व्यापक बहस नै शुरु भएको छ । यसबारे चौतर्फी विरोध शुरु भएपछि भने जोहानेसनले आफूले भुइँकटहरलाई घृणा नगर्ने बताएका थिए । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)