ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धेरै तलबका कारण राजीनामा !

Feb 26, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

आफ्नो तलब धेरै होस् भन्ने सबैको चाहना हुन्छ । तलब थोरै हुनेहरु आफूले गर्ने काम वा आफूले कामका लागि दिएको समयलाई यति तलब ठीकै हुन्छ भनेर चित्त बुझाएर पनि बस्छन् । तर, कुनै सरकारी कम्पनीको प्रमुखको तलब त्यहाँको प्रधानमन्त्रीको भन्दा निकै धेरै भयो भने के हुन्छ ? अष्ट्रेलियामा यस्तै भएको छ । त्यहाँको हुलाक सेवाका प्रमुख कार्यकारी अधिकृत अहमद फाहोरको तलब प्रधानमन्त्री म्याल्कम टर्नबुलको तुलनामा १० गुणा बढी भएको थियो ।

तलबकै कारण आफ्नो चौतर्फी रुपमा चर्को आलोचना भएपछि अहमदले राजीनामा दिएका छन् । सन् २०१६ मा अहमदले ५६ लाख डलर तलब सुविधा लिएको त्यहाँको सिनेट समितिले उजागर गरेको छ । यसमा ४४ लाख डलर तलब र १२ लाख डलर चाहिँ बोनस भएको बताइएको छ । यो प्रधानमन्त्री टर्नबुलको भन्दा १० गुणा बढी हो ।

आफ्नो राजीनामासँग तलब विवादको कुनै लेनदेन नभएको अहमदले बताएका छन् । कम्पनीमा आफूले धेरै वर्ष सेवा गरेको र अहिले नै अवकाशको उपयुक्त समय भएको उनले बताएका छन् । अहमदको तलब विवाद चर्किंदा केही बिजनेश स्तम्भकारहरुले भने उनको सो तलब उचित भएको बताइरहेका छन् । अहमदको तलब त्यहाँको प्रधनमन्त्रीसँग नभएर डीएच्एल्, फेडेक्सलगायतका विश्वका ठूला पार्सल कम्पनीका सीईओसँग दाज्नुपर्ने तर्क स्तम्भकारले दिएका छन् ।

टर्नबुलको तलब ५ लाख ७ हजार ३ सय ३८ डलर मात्रै रहेको छ । सन् २०१५ को उत्तरार्द्धमा १ करोड ६० लाख डलर मात्रै रहेको अष्ट्रेलिया पोष्टको करपछिको मुनाफा गतवर्षको सोही अवधिमा १३ करोड १० लाख डलरमा पुगेको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)