पछिल्लो समय हाम्रो समाजमा हरेक मानिस पैसाको पछि लागिरहेका छन् । कोही राम्रो दाम कमाउन सरकारी जागीरको पछि लागिरहेका छन् त कोही व्यापार व्यवसाय गर्नतिर । कोही पैसा कमाउने र जोगाउने दाउपेचमा व्यस्त छन् । हामीहरु पैसाले खुशी किन्न सकिन्छ, पैसा भए मात्र खुशी हुन सकिन्छ भन्ने मानसिकता लिएर बाँचिरहेका छौं । तर, के पैसाले साँच्चै खुशी किन्न सकिन्छ त ?
यसै विषयमा ‘सेल्फ मेड मिलियनेयर’ जिलियान माइकल्सले भने पैसाले खुशी किन्न नसकिने बताएकी छन् । ‘सो मनी’ पोडकाष्टको एक एपिसोडमा उनले यस्तो बताएकी हुन् । पैसाले खुशी किन्न नसके पनि यसले स्वतन्त्रता भने दिने उनको धारणा छ । निश्चित स्तरमा पुगेपछि धेरै पैसाले पनि मानिसहरुलाई समस्या सृजना गर्न थाल्ने र यो कयौं मानिसका लागि खतरासमेत बन्ने गरेको माइकल्सले बताइन् ।
‘धेरै पैसा भएर खुशी बढ्दैन, तर कुनै पनि जोखीम उठाउन वा नयाँ अवसरको खोजी गर्न आफूसँग बैङ्कमा पर्याप्त पैसा छ भन्ने सोचले मानिसलाई शान्ति दिन्छ,’ उनले भनिन् । पैसा भएर मात्रै मानिसहरु खुशी नभएका बरू पैसाका कारण आफूले चाहेको जस्तो जीवनयापन गर्ने स्वतन्त्रता पाएर मानिसहरु खुशी भएको उनले बताइन् । एजेन्सी