ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वस्थ र खुशी जीवनको रहस्य अवकाश !

Mar 2, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अवकाशपछिको जीवन कष्टकर हुन्छ भन्ने धारणा आम मानिसमा व्याप्त छ । अवकाश ग्रहणपश्चात् जीवनप्रतिको सन्तुष्टि घट्दै जान्छ र स्वास्थ्य अवस्थासमेत बिग्रँदै जान्छ भन्ने धारणाले धेरैको मनमा डेरा गरेको छ । तर, अमेरिकी अनुसन्धाता संस्था ‘नेशनल ब्युरो अफ इकोनोमिक रिसर्च’ले पेश गरेको कार्यपत्रले भने स्थिति ठीक उल्टो हुने बताएको छ । कार्यपत्रअनुसार अवकाशले मानिसको समग्र खुशी र स्वास्थ्य अवस्था सुधार्ने सम्भावना धेरै हुन्छ ।

कार्यपत्रका लेखकत्रय अस्पेन गोरी, डेभन गोरी र सिता स्लाभोभले भने अवकाश नै स्वस्थ र खुशी जीवनको रहस्य भएको बताएका छन् । काम गर्नुभन्दा अवकाश लिनु राम्रो हो त ?, अवकाशलगत्तै मानिसको खुशी र स्वास्थ्य अवस्थामा सुधार आउँछ त ? भन्ने प्रश्नमा अस्पेन गोरीले अध्ययन, यसको निष्कर्षलगायत विषयबारे बताएका थिए । अवकाशले मानिसको समृद्धि र स्वास्थ्यका साथै स्वास्थ्य अवस्थामा पार्ने प्रभावबारे अध्ययन गरेको र यसक्रममा अवकाशले मानिसको खुशी र स्वास्थ्य अवस्था दुवै सुधारेको पाइएको अस्पेनले बताए ।

अवकाशलगत्तै मानिसको जीवनमा सन्तुष्टिको स्तरमा सुधार आएको र यो प्रभाव दीर्घकालीन रहेको अध्ययनमा पाइएको छ । अवकाशले मानिसको स्वास्थ्यमा तत्कालै प्रभाव नपारेको भए पनि ४ वर्ष वा सोभन्दा बढी समयपछि भने स्वास्थ्य स्थितिमा सकारात्मक प्रभाव पारेको भेटिएको गोरीले बताएका छन् । यसअघि भएका अध्ययन अनुसन्धानमा भने अवकाशले मानिसको स्वास्थ्य अवस्थाबीच कुनै सम्बन्ध पाइएको थिएन । जीवनको उत्तराद्र्धमा मानिसको स्वास्थ्य अवस्था सुध्रिनुमा सरकारले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाको सम्बन्धसमेत नभएको अस्पेनले औंल्याएका छन् ।

(एजेन्सीहरुको सहयोगमा) प्रस्तुति : रमा सुवेदी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)