हरेक मानिसमा घरपरिवार, कामलगायतका विभिन्न क्षेत्रको तनाव हुन्छ । कहिले घर र कामलाई सन्तुलित राख्ने तनाव त कहिले हरेक कामलाई राम्ररी अनि समयमा नै पूरा गर्नुपर्ने चिन्ता । अनि कहिले आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने अनि उनीहरुको चाहना पूरा गरिदिने तनाव । एउटा तनाव सकिएको हुँँदैन, फेरि अर्को आइहाल्छ । यस्ता तनावको बोझ कति होला तपाईंलाई थाहा छ ? बेलायतको एक बीमा कम्पनीका विशेषज्ञहरुको एक समूहले तनाव नाप्ने एक क्यालकुलेटर बनाएका छन् ।
यसले हरेक दिन तपाईंले कति किलो तनाव लिइरहनुभएको छ भन्ने हिसाब देखाउँछ । विशेषज्ञहरुले यस क्यालकुलेटरलाई ‘वेट अफ वरी’ नाम दिएका छन् । वास्तवमा यो क्यालकुलेटर एउटा क्विज हो । यसलाई गेमका रुपमा विकास गरिएको छ । यो गेम कम्पनीको वेबसाइटमा गएर खेल्न सकिन्छ । सालभरिमा हरेक व्यक्तिले ९ सय घण्टा अर्थात् ३८ दिन तनावमा बिताउने गरेको शुरु गेमको नतीजाले देखाएको विशेषज्ञहरुले बताएका छन् ।
(एजेन्सीहरुको सहयोगमा रमा सुवेदी)