ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्टिल कम्पनीमै खेतीपाती !

Mar 8, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हामीले खेतबारीमा खेतीपाती गर्दै आएका छौं । स्थान अभावका कारण कहिलेकाहीँ घरको आँगन र छतमा पनि तरकारी र फलफूलका बोटहरू लगाएका छौं । तर, भेनेजुएलामा भने स्टिल कम्पनी सिडोरका कर्मचारीले कम्पनीपरिसरमा नै सूर्यमुखी र तरकारीका बोट लगाइरहेका छन् । देशमा व्याप्त खाद्यान्न सङ्कट कम गर्नका लागि यस्तो गरिएको कम्पनीले बताएको छ । भेनेजुएलाका स्व. समाजवादी नेता यूगो चाभेजले सन् २००८ मा सिडोरको राष्ट्रियकरण गरेका थिए । त्यसयता श्रमिक विवादलगायतका विभिन्न समस्याका कारण कम्पनीको उत्पादन घट्न थालेपछि कर्मचारीले तलब पनि पाउन छाडे । यस्तोमा कम्पनी मालिकको आदेशमा नै कर्मचारीले स्टिल मिलको १ सय एकड जग्गामा सूर्यमुखी पूmल, जुनेलो र तरकारी लगाएका थिए ।

सो जग्गामा सूर्यमुखीको फूल राम्रोसँग सप्रिए पनि जुनेलो र तरकारीचाहिँ फस्टाउन नसकेको कर्मचारीले बताएका छन् । त्यहाँको माटो यी अन्नका लागि उपयुक्त नभएर पनि यस्तो भएको हुन सक्ने अनुमान उनीहरूको छ । स्टिल उत्पादक कम्पनीका कामदारलाई खेतीपातीमा लगाउनुले कम्पनी नेतृत्व आफ्नो उद्देश्यबाट भड्किएको सङ्केत गरेको सिडोरका कर्मचारी बताउँछन् । कम्पनीले त्यहाँ घोडाको सहायताले थेरापि गरिने केन्द्र पनि बनाएको छ । यहाँ सुस्त मानसिक क्षमता भएका बच्चाहरूले घोडासँग अन्तरक्रिया गर्दछन् । ‘कर्मचारीहरूसँग बस्नु र एकअर्काको मुख ताक्नुबाहेक कुनै काम छैन,’ कम्पनीका एक कर्मचारी कार्लोस रामिरेजले भने । रामिरेज भन्छन्, ‘मैले यस्तो त कहिल्यै देखेको थिइनँ, मानिसहरू आत्तिएका छन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)