ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लज्जाका कारण काममा महिला पछाडि !

Mar 23, 2017  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

संवादमा आफूलाई पछाडि राख्ने वा आफ्ना गुणहरु अरुबाट लुकाउनाले जागीरमा पछाडि परिने एक नयाँ अध्ययनले देखाएको छ । आफ्ना उपलब्धिहरुबारे बताउने र प्रतिबन्धहरु तोड्दा यसले आफूले सोचेभन्दा बढी क्षति हुने भए पनि यस्तो गर्ने समय आइसकेको छ । सामाजिक सञ्जाल लिङ्क्डइनले गरेको ‘करियर कण्ट्रोल’ शीर्षकको अध्ययनले यस्तो देखाएको हो । यसअनुसार लज्जा अथवा विनम्रताका कारण जागीरमा आफ्नो पदोन्नति नभएको ५६ प्रतिशत महिलाको अभिव्यक्ति रहेको थियो । हाकीमहरुका अगाडि बोल्न डराउनु नै पदोन्नतिका लागि प्रमुख बाधक रहेको बताइएको छ । त्यस्तै आफूले नचिनेका मान्छेसँग वातचित गर्न असहज महसूस गर्ने गरेको ४३ प्रतिशत महिलाले बताएका थिए । उता, यस्तो अभिव्यक्ति दिने पुरुषको सङ्ख्या भने ३३ प्रतिशत रहेको थियो ।

त्यस्तै अधिकांश महिला अन्तरवार्ता र रोजगारी समीक्षामा आफ्ना उपलब्धिहरुबारे बताउनसमेत लाज मान्ने गरेको पाइएको छ । यस्तो लज्जा र विनम्रताले अनलाइनका साथै कार्यक्षेत्रमा पनि महिलाको व्यावसायिक सम्बन्धलाई प्रभावित पारिरहेको छ । एक तिहाइ महिलाले सामाजिक सञ्जालमा रहेका वरिष्ठ व्यावसायिक हस्तीहरुसँग कनेक्ट हुन पनि असहज महसूस गर्ने गरेको पाइएको छ । करियर कण्ट्रोल अभियान भनेको महिलाको करियरबारे योजना बनाउन सहयोग गर्नका निम्ति ल्याइएको हो । महिलाको मनोबल बढाउन केही टिप्सहरु दिइएका छन्, जसले महिलाको लज्जालाई कम गर्दै उच्च वर्गको नेटवर्कर बन्न सहयोग गर्छ ।

योजना बनाउने : आफूनो काममा पूर्णता हासिल गर्न पहिला शुरु करियरबाट आफूले के चाहेको हो, त्योबारे बुझ्न जरुरी छ । आफ्नो लक्ष्यलाई राम्रोसँग बुझिसकेपछि कुशलता विकास गर्न पनि सजिलो हुन्छ ।

आफ्नो बाटो निर्माण गर्ने : आफूले सम्मान गर्ने मानिसको करियरलाई हेरेर आफ्नो करियरको बाटो निर्माण गर्न सकिन्छ ।

आफूबारे अनुसन्धान गर्ने : अनलाइन वा अफलाइन जुनसुकै नेटवर्किङ गरिरहेको भए पनि आफ्नो खोज तथा अनुसन्धान गर्न आवश्यक छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)